वि. स. २०७२ असोज ३ गते जारी गरिएको नेपालको संविधानको अनुसुचि ४ बमोजिम नेपाललाई ७ प्रदेशमा विभाजन गरिए अनुरुप यस लुम्बिनी प्रदेशमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रूपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्वी भाग), रोल्पा, प्यूठान, दाङ, बाँके, बर्दिया गरि १२ वटा जिल्लाहरू रहने व्यवस्था गरेको छ।यस कपिलवस्तु जिल्लाको आर्थिक विकास र जीवनस्तर उकास्न प्रादेशिक सडक, ग्रामिण सडक ,सडक पुल ,झोलुंगे पूल निर्माण तथा मर्मत कार्यका लागि लागि कपिलवस्तु जिल्ला कार्यक्षेत्र रहने गरि २०७८/०७/१४ मा यस सडक पूर्वाधार विकास कार्यालयको स्थापना भएको हो ।यस कार्यालयले कपिलवस्तु जिल्लामा सडक, सडक पुल, झोलुंगे पूल निर्माण तथा मर्मत, बिभिन्न सडकहरुको आवधिक तथा नियमित मर्मत गरि सेवा प्रदान गर्दै आएको छ ।